logo
२०८० चैत्र १६ शुक्रवार



आँधीका कारण जापानका ४९ उडान रद्ध

अन्तर्राष्ट्रिय |


आँधीका कारण जापानका ४९ उडान रद्ध


        
टोकियो, असोज २ गते । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।     
जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् ।    
आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?