logo
२०८१ बैशाख ८ शनिवार



ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने

शिक्षा |


ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं,भदौ ३० गते । लतिपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरको शिक्षा समितिको बैठकले कोभिड १९ को जोखिम मुल्याङ्कन गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
सरकारले तयार गरको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गरी कोभिड १९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरको  क्षेत्रीले बताउनुभयो ।

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा अभिभावक, शिक्षक,बिद्यार्थी तथा अन्य सरोकारवालाई विद्यालयहरुले अभिमुखिकरण गर्ने र सो को जानकारी महानगरलाई दिनुपर्ने उहाँको भनाइ छ । जसको अनुगमन महानरको शिक्षा समितिले गर्नेछ । कतिपय विद्यालयको अनलाइन कक्षा नै प्रभावकारी रहेको देखिएकाले ती विद्यालयहरु भौतिक रुपमा नखोल्न सुझाव दिईएको पनि उहाँले बताउनुभयो । यदि जोखिम बढेमा सञ्चालित विद्यालयहरु बन्द गर्न पनि सकिने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?