logo
२०८१ बैशाख ८ शनिवार



मनास्लुको दाेस्राे क्याम्पसम्म डाेरी राख्ने काम सम्पन्न, चाँडै आरोहण सुरू हुने

पर्यटन |


मनास्लुको दाेस्राे क्याम्पसम्म डाेरी राख्ने काम सम्पन्न, चाँडै आरोहण सुरू हुने



काठमाडौं, भदौ ३० गते । मनास्लु हिमाल (८१८३ मिटर) आरोहणका लागि दोस्रो क्याम्पसम्म बाटो निर्माण (डाेरी राख्ने काम) सम्पन्न भएको छ । आरोही गाइड सोना शेर्पाको नेतृत्वमा बुधबार विहान ६२ सय मिटरसम्म डोरी टाङ्गेर बाटो बनाउने काम सम्पन्न भएको सेभेन समिट ट्रेक्सका प्रमुख मिङमा शेर्पाले बताउनुभयो ।

हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकैवीचमा पनि ठूलो संख्यामा आरोहण हुने भएसँगै चाँडै आरोहण खुलाउन बाटो निर्माण शुरु गरेको र बाटो बनाउने जिम्मा समेत लिएको सेभेन समिट ट्रेक्सले जनाएको हो । यस वर्ष मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जना आरोहीले अनुमति लिएका छन् । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको पर्यटन विभागको तथ्याङक छ । जोखिम आरोहणमध्येमा पर्ने मनास्लु हिमाल आरोहण गरी कीर्तिमान कायम गर्न २० बढी देशका आरोहीहरु आधारशिविर पुगिसकेको एजेन्सीहरुले जनाएको छ ।

यो महिना मनास्लु हिमालसँगै थप चारवटा हिमाल आरोहणका लागि विभागले अनुमती प्रदान गरेको छ । जसमा मरियाङ हिमाल आरोहणका लागि आठ जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना, कञ्चनजंगा हिमाल आरोहणका लागि तीन जना र कुम्भकर्ण हिमाल आरोहणका लागि पाँच जना आरोहीले अनुमति लिएको विभागको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?