logo
२०८० चैत्र १६ शुक्रवार



जुम्लाको स्याउ बजारमा

अर्थ |


जुम्लाको स्याउ बजारमा


नेत्र शाही

खलङ्गा, भदौ २८ गते । जुम्लाको चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत आफ्नो बारीको स्याउ लिएर कर्णाली प्रदेश सदरमुकाम सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै ५० क्विन्टल स्याउ लिएर सुर्खेत गएको जानकारी दिनुभयो ।
जुम्ला तातोपानी गाउँपालिका–२, डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको जानकारी दिनुभयो ।
किसान कठायत र डाँगीजस्तै धेरै किसानको जुम्लाको भूगोलमा उत्पादित अर्गानिक स्याउ बजारमा जान थालेको छ । अहिले किसानलले स्याउ टिपेर बजारमा जाने क्रम धमाधम छ । स्याउ बजारमा गएपछि अहिले नेपाली बजारमा जुम्लाको स्याउले ओगटेको देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो साताबाट टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाडौँ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीले जनाएका छन् ।
किसान स्याउ टिप्न अन्तिम अवस्थामा रहेका र अहिले निर्यात तथा भण्डारणमा व्यस्त रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषि प्राविधिक अधिकृत खेमराज शाहीका अनुसार अहिले बजारमा परिपक्क जुम्लाको स्याउ गइरहेको छ । धेरैजसो स्याउ अहिले सुर्खेत र नेपालगञ्ज गएको व्यापारी बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?