logo
२०८१ बैशाख ११ मंगलवार



अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच भेट

अर्थ |


अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच भेट


काठमाडौं, भदौ २६ गते । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी  मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहनुभएको एमसीसी उपाध्यक्ष सुमारले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री शर्मासँग एमसीसी परियोजनाका विषयमा छलफल गर्नुभएको अर्थमन्त्रीको निजी सचिवालयले बताएको छ । भेटवार्ताका क्रममा सुमारले एमसीसीका सम्बन्धमा छिटो निर्णय गर्न बताउनुभएको र यसबारेमा पत्र समेत प्राप्त भइसकेको जनाइएको छ । अर्थमन्त्री शर्माले राजनीतिक दलहरुको सहमतिमा एमसीसीको सम्बन्धमा निर्णय हुने प्रतिक्रिया एवम् धारणा राख्नुभएको पनि सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?