logo
२०८० चैत्र १५ बिहीवार



वित्तीय पँहुचमा फैलदो सुधार

अर्थ |
समाज |


वित्तीय पँहुचमा फैलदो सुधार
तस्विर-सक्षम


गोरखापत्र अनलाइन
काठमाडौ, साउन २९ गते। गरीवका लागि वित्तीय पँहुच कार्यक्रम सक्षम सरकार र निजी क्षेत्रका लागि एक कोशेढुङगा भएको दाबी गरिएको छ । बेलायत सरकारको सहयोगमा विगत ७ वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा रहेको छ।

सक्षमले बजारमा आधारित वित्तीय क्षेत्रका नवीनतम प्रयोगहरु, समावेशीकरण, डिजिटल रुपान्तरण, नियामक सुधारहरु, लगायत नेपालमा लघु, साना र मझौला उध्यमको विकासमा राम्रो काम गरेको परियोजना सम्पन्न भेटमा औंल्याइयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका सबैभन्दा दुर्गम र आर्थिक रूपले चुनौतीपूर्ण समुदायहरुमा वित्तीय सेवाहरुको विस्तारमा सक्षमले पुर्याएको सहयोगको सराह्ना गर्नुभयो । वित्तीय पहुँचको खाडल कम गर्न, निजी क्षेत्रको लगानी बढाउन र गरिबी निवारणमा देखिएका कमजोरीहरुको संबोधन गर्न कार्यक्रम सक्षम प्रभावकारी थियो ।
साझेदारीबाट प्राप्त नतीजाहरु प्रतिबिम्बित गर्न भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै बेलायती राजदूत निकोला पोलिटले भन्नुभयो, मेरो विश्वासमा नेपालको विकासको बाटो भनेकै ग्रामीण जनसंख्या र सीमान्तकृत समुदाय, महिला तथा युवाहरुको सशक्तीकरण मार्फत नै हो । बेलायत सरकारले सहयोग गरेको यस सक्षम कार्यक्रमले यी आकांक्षाहरुलाई समेटेको छ। ” वित्तीय बजार पूर्वाधारको आधुनिकीकरण र रोजगारीको सृजनासँगै नेपाली जनता र संघसंस्थाहरुको लागि गतिलो प्रभाव छोड्न कार्यक्रम सफल भएको छ ।
कार्यक्रमले सञ्चालन गरेका विभिन्न बजारउन्मूख हस्तक्षेपका प्रयासहरुको फलस्वरुप २६ लाख भन्दा बढी नेपालीहरु, जसमध्ये ५० प्रतिशत महिला को वित्तीय पहुँच र जीविकामा उल्लेख्य सहयोग पुगेको दावी गरिएको छ । परियोजनाले दुर्गम नेपालका १०८,००० लघु, साना र मझौला उध्यमहरुलाई सामाजिक तथा आर्थिक सहयोग पुर्याएर दिगो व्यवसायिक आधारशीला निर्माणमा सहयोग पुर्याएको जनाएको छ ।
सक्षम कार्यक्रमले लक्षित प्राविधक सहयोगसँगै नेपालमा पहिलोपल्ट १ करोड ४० लाख पाउण्ड बरावरको चुनौती कोष स्थापना गरि ८१ वटा कार्यक्रमहरुमा सहलगानी गर्यो । नवीनतम वित्तीय सेवाहरु, जीविकोपार्जनका अवसरहरुको सिर्जना सँगै वित्तीय पूर्वाधारहरुको आधुनिकीकरणमा यसले सहयोग पुराएको सो कार्यक्रममा चर्चा गरियो ।
कार्यक्रमका टीम लिडर निर्मल दाहालले परियोजनाको सहयोगबाट विभिन्न बैंकहरुले अति दुर्गम स्थानहरुमा ५३ शाखाहरु खोलेको र अन्य वित्तिय संघसंस्थाहरुले पनि शाखारहित बैंकिङ सेवा र ट्यावलेट सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?