logo
२०८० चैत्र १६ शुक्रवार



दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु   

विदेश |
राष्ट्रिय |


दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु   
फाइल फाेटाे


 
काठमाडौँ, साउन १९ गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।    
    
श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्त गरी नेपाली शान्ति सैनिकको पहिलो, दोस्रो र अन्तिम टोली क्रमशः २०, भदौ ९ र ३० गते स्वदेश आइपुग्ने कार्यक्रम छ ।    
    
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पूरा गरिएको सेनाले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?