logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



मेलम्चीको बाढीमा हिमनदी मुख्य कारण रहेको अनुमान

पढ्नै पर्ने |


मेलम्चीको बाढीमा हिमनदी मुख्य कारण रहेको अनुमान


आशा साह, दृश्यमा मनोजरत्न शाही केशव गुरुङ्ग
काठमाडौं, साउन १९ गते । हेलम्बु र मेलम्ची क्षेत्रमा भेल पहिरो जनुमा मेलम्चीको शिरमा रहेका पुराना हिमनदीहरु जिम्मेवार रहेको विज्ञको अनुमान छ ।


विगतमा हिमताल फुटको वा पहिरो गएको भन्ने अनुमान गरिए पनि अहिले सो क्षेत्रमा खिचिएका भिडियोका आधारमा हिमनदीले थुपारेका गेगरान विगतको भूकम्पले हल्लाए पछि अहिले फुटेर तल झरेको हुन सक्ने संभावना रहेको छ ।
खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जियोलजिष्ट शिवकुमार बाँस्कोटाले हेलम्बुको भ्रेमाथाङमा ठूलो पहिरो गएको देखिएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा देखिएको भिडियोबाट पनि हामीले धेरै कुरा बुझ्न सकेका छौं,’ उहाँले भन्नुभयो,‘धेरैले मेलम्ची खोलामा हिमताल विष्फोट भएर यस्तो भएको हुन सक्छ भन्ने अडकलबाजी गरिरहनुभएको थियो । कतिले एकदम ठूलो पानी परेर पहिरो गयो, पहिरोले नदि थुनियो र एकै चोटी बाँध फुटेर यस्तो क्षति भयो भन्नुयो ।’ तर, हिजोको सो भिडियो हेरिसकेपछि अलिकति फरक आएको छ ।
उहाँका अनुसार मेलम्ची नदिको माथिल्लो तटीय क्षेत्रमा त्यहाँका डाँडाहरुमा अहिले पनि हिमनदीहरु रहेका छन् । र पहिलेका हिमनदीहरु विभिन्न कारणले सुकेका ठाउँहरु अहिले पनि त्यहाँ स्पष्ट देखिने छ ।
‘हिमनदीको विशेषता के हुन्छ भने, ढुङ्गा, गिट्टी, बालुवा जे बाटोमा भेट्छ त्यसलाई अगाडि पट्टि लिएर जाँन्छ । हिमनदीहरु एकदमै शक्तिशाली हुन्छ,’ उहाँले भन्नुभयो, ‘अलिकति तल आउने वित्तिकै तापक्रम बढी हुन्छ । तापक्रम बढेपछि हिउँ पग्लिन्छ । हिउँ पग्लेपछि पानी बग्छ । र त्यसले ल्याएको जुन मुहान त्यहि छोड्दिन्छ । त्यसलाई हामीले मोरेन भन्ने गर्छौ ।’
उहाँले मेलम्ची क्षेत्रमा अहिले नै बसिराख्नको लागि बस्ति पुर्नस्थापना गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

डेढ महिनाको अवधिमा मेलम्ची खोलामा दोस्रो पटक लेदोसहितको भीषण बाढी आयो । मेलम्ची नदीमा असार १ गते आएको भयानक बाढीको प्रभाव कम हुन नपाउँदै शनिबार राति (साउन १६गते) फेरि मेलम्ची खोलामा आएको लेदो सहितको भीषण बाढीले हेलम्बु–मेलम्ची किनारको करिब ४० किमि क्षेत्रलाई थप तहसनहस गर्दै बगरमा परिणत गरिदियो ।
बाढीले मेलम्ची बजारमा बाँकी रहेका केही भौतिक संरचनामा क्षति पुग्यो । बस्ती, मोटरेबल पुल, सडक र खेती योग्य जमिन बगायो । मेलम्ची खोला आसपास क्षेत्रमा बस्दै आएका बासिन्दा झन् जोखिममा परे ।
यसअघि आएको बाढीले हेलम्बु गाउँपालिकामा तीन वटा मोटरपुल र सातवटा झोलुङ्गे पुल बगाएको थियो । पछिल्लो बाढीले थप तीनवटा पुल बगायो । जसले गर्दा तीन वडा अब एउटा मात्र झोलुङ्गे पुलको भरमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?