logo
२०८१ बैशाख ६ बिहीवार



लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

अर्थ |


लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा



काठमाडौँ, साउन १७ गते । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

जलविद्युत् उपसमूहको शेयर ७९।९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५।२१ र उत्पादन उपसमूहको शेयर ३४।७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १।८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५।६३, होटल तथा पर्यटन ९१।४७, वित्त ३१।७२, निर्जीवन बीमा १७१।५७, अन्य ३१।५८, जीवन बीमा २०९।३ र सामूहिक लगानी कोष ०।०२ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै ङादी ग्रुप अफ पावर ९।८३, सिइडिबी हाइड्रोपावर ९।६३, रैराङ हाइड्रोपावर ९।४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८।८४ प्रतिशतले कमाए ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६।९८, चन्द्रागिरी हिल्स ३।८६, कुमारी इक्विटी फण्ड ३।५५, नारायणी डेभलपमेण्ट बैंक ३।१५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३।१४ प्रतिशतले गुमाए ।

साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १।२५ बिन्दुले बढेर तीन हजार ८१।०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।२४ बिन्दुले बढेर ५७२।१५ मा पुगेको छ । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । आजको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८३४, सिनर्जी पावर रु ३२ करोड १२ लाख पाँच हजार ७७५, ङादी ग्रुप अफ पावर रु ३० करोड ४६ लाख ९९ हजार ८७३ र युनिभर्सल पावरको रु २९ करोड ३९ लाख ८९ हजार ४१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?