logo
२०८१ बैशाख १३ बिहीवार

  तेस्रो लहरसँग लड्न अक्सिजन व्यबस्थापनको तयारी कस्तो छ ?  



सिलिण्डर घरघरमा, कामविहीन बन्दै अक्सिजन उद्योग

स्वास्थ्य |
पढ्नै पर्ने |


सिलिण्डर घरघरमा, कामविहीन बन्दै अक्सिजन उद्योग


छेटु शेर्पा
काठमाडौं, साउन ११ गते । दोस्रो लहरका बेला २४ सै घण्टा चालू अवस्थामा रहेका ती उद्योगहरु अहिले प्रायः कामविहीन भएका छन् । ती अक्सिजन सिलिण्डरहरु उद्योगमा नल्याउने हो भने अर्को लहर आउँदा बजारमा अक्सिजनको अभाव हुने उद्योगीहरु बताउँछन् ।
वितरण गरिएका सिलिण्डर खाली भएपछि खोजी गरी लेखाजोखा राखेर प्रभावकारी व्यवस्थापन नगरे अक्सिजन अभाव खेप्नुपर्ने अक्सिजन उत्पादक सङ्घका अध्यक्ष गौरव सरदाले बताउनुभयो ।
सरकारले उद्योगहरुलाई ५० हजारका दरले सिलिण्डर जिम्मा लगाए पनि उद्योगहरु अक्सिजन भरेर भण्डारण गर्न सक्ने क्षमता रहेको सीता मेडिकल अक्सिजन उद्योगका सञ्चालक प्रल्हाद तिमिल्सिनाले बताउनुभयो । यसरी खाली सिलिण्डर भरेर राख्दा महामारीमा सहजै आपूर्ति गर्न सकिने उहाँको भनाइ छ ।

तिमिल्सिनाका अनुसार सीता मेडिकल अक्सिजन उद्योग ५५० क्युबिक मिटर क्षमताको नेपालकै ठूलो प्लान्टले २४ घण्टामा तीन हजार ५०० सिलिण्डर भर्न सक्छ तर सिलिण्डर अभावले उद्योग बन्द गरेर राखेको छ ।
सीता मेडिकल अक्सिजन उद्योगसँग रहेका आठ हजार सिलिण्डरमध्ये हाल आठ सय मात्र बाँकी रहेको र बाँकी सात हजार २०० सिलिण्डर बजारमा छन् ।
अक्सिजन खाली भएका सिलिण्डरलाई भरेर राख्न सकियो भने मात्र आवश्यक पर्दा सरकारले सजिलै आपूर्ति गर्न सक्ने कान्तिपुर अक्सिजन उद्योगका सञ्चालक सरदाको भनाइ छ ।
सङ्घका अनुसार नेपालमा हाल २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् र त्यसमा काठमाडौं उपत्यकामा मात्रै आठ वटा उद्योग रहेको र तीमध्ये सात वटा उद्योगले मात्र अक्सिजन उत्पादन गरी बजारमा वितरण गर्दै आएका छन् ।
कोरोनाको दोस्रो लहरमा अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव भयो । चीन सरकारले २० हजार सिलिण्डर र ओमानबाट गैरआवासीय नेपालीले ५६७ वटा सहयोग गरेका थिए ।
केही व्यापारीले निजी तवरबाट करिब २० हजार अक्सिजन सिलिण्डर नेपालमा ल्याएका थिए । चीनका विभिन्न सामाजिक संस्थाबाट चार हजार ४५० र विभिन्न संस्थाबाट एक हजार ३६४ सिलिण्डर नेपाललाई प्रदान गरेका थिए । यस अनुसार सरकारी तथ्याङ्कमा अनुसार एक लाख ४९ हजार २१४ वटा मेडिकल अक्सिजन सिलिण्डर नेपालमा भित्रिएका छन् ।
भित्रिएका सिलिण्डरसहित हाल बजारमा दुई लाख ५० हजारभन्दा बढी सिलिण्डर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङक छ । तर अहिले ती सिलिण्डर गाउँगाउँ पुगेपछि सिलिण्डर अभावका कारण उद्योगहरु कामविहीन बनेका छन् ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?