logo
२०७८ श्रावण २० बुधवार

दैनिक अध्यावधिक

image
2448

सङ्क्रमित

image
1994

निको भएका

image
24

मृत्यु भएका

मिति:श्रावण १९, २०७८ (१७:३८)
स्राेत:https://covid19.mohp.gov.np/



पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

खुला |


पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु


 

ज्ञानु पंगेनी

कावासोती, साउन ७ गते । पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । 

विनयी त्रिवेणी गाउँपालिका ५ सर्दी चुकाहा स्थित बिनयी खोलामा सिंचाई गर्न बाँधिएको भैँसे सिंचाई बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका १६ वर्षीय हिमाल लम्का मगरको मृत्यु भएको हो ।

बिहीबार दिउँसो २ बजेतिर बाँधमा पौडी खेल्ने क्रममा वेपत्ता भएका मगरको साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय र प्रहरीले खोजी गर्दा बाँध भन्दा ५ सय मिटर पूर्वतर्फ खोलामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

छिमेकीको मलामी गएर फर्कंदै गर्दा गर्मी भएर पौडी खेल्ने क्रममा मगर बेपत्ता भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?