logo
२०८१ बैशाख १३ बिहीवार



जसपाको आधिकारिकता विवादसम्बन्धी बहस सम्पन्न, निर्णय आउन बाँकी

राष्ट्रिय |


जसपाको आधिकारिकता विवादसम्बन्धी बहस सम्पन्न, निर्णय आउन बाँकी


काठमाडौं, साउन ७ गते । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादसम्बन्धी मुद्दाको बहस सकिएको छ । बिहीबार विहान ११ बजेदेखि निर्वाचन आयोगको इजलासमा शुरु भएको बहस केही समय अघि सकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगको इजलासमा पार्टीको आधिकारिकता सम्बन्धीमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुरको पक्षबाट आठ जना र उपेन्द्र यादवको पक्षबाट छ जनाले बहस गर्नुभयो ।

जसपाको आधिकारिकता दाबी गर्दै जसपाका अध्यक्षद्वय ठाकुर र यादवले निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो भने आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो ।

साउन ३ गतेदेखि आयोगको इजसालसमा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आ–आफ्ना सक्कल प्रमाण पेश गर्न आदेश दिएको थियो । तिनै प्रमाणमा टेकेर दुवै पक्षले बिहीबार बहस गरेका हुन् । बहस सकिएपछि पार्टीका दुवै पक्ष आयोगबाट आउने फैसलाको प्रतीक्षामा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?