logo
२०८१ बैशाख ५ बुधवार



अमेरिकी वरिष्ठ कुटनीतिज्ञले चीन भ्रमण गर्दै

अन्तर्राष्ट्रिय |


अमेरिकी वरिष्ठ कुटनीतिज्ञले चीन भ्रमण गर्दै
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ७ गते । अमेरिकी उपसचिब वेन्डी शेरमन यसै साताको अन्त्यमा चीन भ्रमण गर्नुहुने भएको छ । वाशिंगटन र बेइजिङ्गबीचको सम्बन्ध तनाबपूर्ण रहँदा विवादित मुद्दाहरुमा छलफल गर्न उहाँ बेइजिङ्ग भ्रमण गर्नुहुने अमेरिकी ‘स्टेट डिपार्टमेन्ट’ले जनाएको छ ।
शेरमनले चीन भ्रमणको क्रममा विदेश मन्त्री वाङ्ग यीलाई भेटनुहुनेछ । उत्तरपूर्बी चीनको तियाञ्जिन राज्यमा दुबै जनाबीच आइतबार भेटघाट हुने अमेरिकी स्टेट डिपार्टमेन्टका अधिकारीलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।
शरमनले चीनको भ्रमणपछि जापान, दक्षिण कोरिया र मंगोलिया समेत पुग्नुहुनेछ । एशिया भ्रमणको अन्त्यमा उहाँले ओमान हुँदै अमेरिका प्रस्थान गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?