logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रिय सभा बैठकको आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाद्वारा निर्देशन

राष्ट्रिय |


राष्ट्रिय सभा बैठकको आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाद्वारा निर्देशन


गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार १७ गतेबाट शुरु हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न आफू मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा असार १७ गते साँझ ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएपछि शुक्रबार बानेश्वरस्थित संसद् भवन पुगेर आवश्यक सबै तयारीका लागि संसद सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको उहाँको प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतकसँग संसद् बैठक बारे परामर्श गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?