logo
२०८० चैत्र १६ शुक्रवार



सुस्वास्थ्यका लागि योग झन् सान्दर्भिक

मुख्य समाचार |


सुस्वास्थ्यका लागि योग झन् सान्दर्भिक


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना (कोभिड–१९) महामारीको समयमा मानिसको शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न पुगेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय योग दिवस जुन २१ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले महामारीले मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित नभई अवसाद (उत्साह, आशा, शक्ति आदिको अभाव) र चिन्ताजस्ता मानसिक समस्यासमेत देखा परेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले हामी सबैलाई प्रेरित गर्दै हाम्रो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलास् भनी शुभकामना व्यक्त गर्दछु ।”
राष्ट्रपतिले योग एवं तन्त्रसम्बद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्न सक्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?