logo
२०८० चैत्र १६ शुक्रवार



दिल्लीमा चौबीस घण्टामा १२४ संक्रमित थपिए

अन्तर्राष्ट्रिय |


दिल्लीमा चौबीस घण्टामा १२४ संक्रमित थपिए
तस्विर-फाइल


नयाँ दिल्ली, असार ६ गते।
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ म ाझरेको छ । दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।
संघीय राजधानीमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ । यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो । दिल्लीमा हालसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १४ लाख ३२ हजार २९२ रहेको छ भने अहिलेसम्मको कूल सङ्क्रमित दर ६.८९ प्रतिशत रहेको छ । यहाँ २४ हजार ९१४ सङ्क्रमितको मृत्यु भएको छ जुन १.७४ प्रतिशत हो ।
पछिल्लो २४ घण्टाको अवधिमा दिल्लीमा सात कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म १४ लाख पाँच हजार २८७ जना सङ्क्रमणपछि निको भएका छन् ।
राज्य स्वास्थ्य बुलेटिन अनुसार राजधानीमा ६५ लाख मानिसले कोभिड–१९विरूद्धको एउटा खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?