logo
२०८० चैत्र १५ बिहीवार

मनसुनसँगै शुरु भयो रोपाइँको चटारो (फोटो फिचर)

अर्थ |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-14-39680
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । यो वर्ष समयमै मनसुन सक्रिय हुन थालेपछि राजधानी वरपरका काँठ क्षेत्रमा रोपाइँको चटारो शुरु भएको छ ।
कोरोनाका कारण बाहिरबाट आउने कामदारको अभाव भए पनि किसानले धान रोप्न शुरु गरेका हुन । यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ ।
कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको थियो । कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि भौतिक दूरी कायम गरी सरकारले तोकेको मापदण्ड अनुसार कार्यक्रम गर्ने तयारी थालिएको छ ।

तस्बिर सुजन गुरूङ्ग