logo
२०८१ बैशाख ६ बिहीवार



कालिकोटमा थेग्न नसक्ने भीड

अर्थ |


कालिकोटमा थेग्न नसक्ने भीड


कालीकोट समाचारदाता

कालिकोट, जेठ २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ । नेपाल सरकारले निषेधाज्ञाको अवधिमा राहतस्वरूप २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेपछि लिमिटेड शाखामा सर्वसाधारणको भीड बढेको हो ।
शाखाले गत आइतबारदेखि अनुदानको चामल दिन सुरु गरेको हो, यो जेठ ३१ सम्म जारी रहनेछ । गाउँदेखि चामल लिन सदरमुकाम मान्ममा भीडभाड हुन थालेपछि संस्थानले चामल दिने समय बिहान ६ः०० देखि ९ः०० बजेसम्म तोकेको छ तर पनि भीड दिनभरि नै लाग्ने गरेको छ । चामल लिनेको भीडले संस्थानका कर्मचारीले खाना खाने समयसमेत नपाएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?