logo
२०८१ बैशाख १३ बिहीवार

तनहुँ जलविद्युत आयोजनाको बाँधसम्मको सुरुङमार्ग छिचाेलियाे

अर्थ |
फोटो फिचर |


2021-06-05-39024


अमरराज नहर्की
तनहुँ, जेठ २२ गते । तनहुँ जलविद्युत आयोजनाको बाँधको सुरुङ पहुँच मार्गको निर्माण पुरा भएको छ । जलाशययुक्त एक सय ४० मेगावाट क्षमताको आयोजनाको बाँधस्थलको दायाँ पट्टीबाट पुग्नको खनिएको सुरुङ पहुँच मार्गको शुक्रबार निर्माण पूरा भएको आयोजनाका प्रमुख अच्युतबाबु घिमिरेले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–५ को चापाघाटदेखि बाँधस्थल सम्मको साढे दुई किलोमिटर सडक पहुँच मार्ग यस अघि नै पूरा भएको आयोजनाले जनाएको छ । ‘‘वायाँ पट्टीको सडक पहुँच मार्ग पूरा भए पनि दायाँ पट्टीको कठिन भूगोल भएकोले सुरुङ पहुँच मार्ग निर्माण गरिएकोमा पूरा हुँदा सा¥है खुसी लागेको छ’’ आयोजना प्रमुख घिमिरेले भन्नुभयो ।
व्यास नगरपालिका ५ र ऋषिङ गाउँपालिका १ मा निर्माणाधिन आयोजनाको बाँधको काम थाल्नका लागि यो मार्ग निर्माण अपरिहार्य थियो । बाँधस्थल पुग्न र अन्य कार्य अघि बढाउनका जरुरी रहेको सुरुङ मार्ग कठिन भए पनि पुरा भएकोले खुसी लागेको घिमिरेले बताउनुभयो । ३ सय १४ मिटर लामो मार्गका लागि प्राविधिक तथा ईञ्जिनियरहरुले गत माघ महिनादेखि काम थालेको आयोजनाले जनाएको छ ।
आयोजनाको विद्युतगृहको काम भने चिनियाँ सिनो हाईड्रो कम्पनीले गरिरहेको छ । अब बाँधको निर्माण भने कालिका सोम्दा जेभीले थाल्नेछ ।
ठेकेदार नियुक्ति तथा रद्द तथा नयाँ नियुक्तिमा भएको ढिलाई लगायतले सुस्त भएको आयोजनाको काम लकडाउनकै अवधिमा पनि धमाधम अघि बढिरहेको सुरुङमार्ग पूरा भएको हो ।
आयोजनाका अनुसार निषेधाज्ञाले काम प्रभावित नहोस् भन्ने उद्देश्यले भौतिक दुरी, सेनीटाईजर, मास्कको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पूरा गर्ने, कामपछि बाहिर आवत जावत नगर्ने जस्ता नियम पालना गर्ने गरी काम भईरहेको छ । आयोजनाका १०, परामर्शदाताका ३५ गरी ४५ जना कर्मचारी र ५६५ जना कामदारबाट सूचारु भईरहेको हो ।
नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि गत चैत्र १० गते ठेक्का सम्झौता भईसकेकोले निषेध आज्ञाको समयमा पनि काम गरिएको हो । १६ अर्ब ६२ करोड रुपियाँमा खरिद सम्झौता भए अनुरुप पहिलो प्याकेजको काम भईरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने व्यवस्था गरिएकोले निषेध आज्ञाको समयमा पनि काम तीब्र रुपमा गरिएको हो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ्ग र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्गको निर्माण कार्य गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । प्रशारण लाइनमा ४० जना खटिईरहेका छन् ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुत्त आयोजना भएकाले नेपाल सरकारले प्राथमिकता दिएको छ । सुख्यायाम भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता रहकोेले सो समस्या टार्नको लागि सरकारले यस अयोजनालाई प्राथमिकता दिएको आयोजना प्रमुख घिमिरे बताउनुहुन्छ ।
वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ । आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदिको पानीलाई भूमिगत विधुत गृहमा पुर्याएर विधुत उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विधुत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।