logo
२०८१ बैशाख ७ शुक्रवार



महासङ्घको उपचार केन्द्र सञ्चालन

अर्थ |


महासङ्घको उपचार केन्द्र सञ्चालन



गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ ४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पताल भवनमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त आइसोलेसनको महासङ्घका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले सोमवार शुभारम्भ गर्नुभयो ।
सेन्टर अहिले ५० वटा बेडबाट सुरु गरिएको छ र आवश्यकताका आधारमा विस्तार गर्दै पछि एक सय बेडसम्म पु¥याइने योजना रहेको महासङ्घले जनाएको छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने छ ।
केन्द्र अन्तरगत आइसोलेसनमा रहेका बिरामीहरूलाई आपतकालीन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा बिरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुने जनाइएको छ ।
सो अवसरमा पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपप्रमुख खडगी (श्रेष्ठ)ले सेन्टरको प्रभावकारी सञ्चालनमा आआफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
महासङ्घका अध्यक्ष गोल्छाले कोभिड महामारि मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएर आएकालाई यस चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासङ्घ दत्तचित्त भई लागेको बताउनु भयो । उहांले भन्नुभयो–मुलुक अप्ठ्याराेमा पर्दा महासङ्घले सधै अग्रभागमा रहेर सेवा गरेको यसको इतिहास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?