logo
२०८० चैत्र १६ शुक्रवार



कोभिड रोकथाममा अर्थले दियाे चार अर्ब ३१ करोड रुपियाँकाे सहमति

अर्थ |


कोभिड रोकथाममा अर्थले दियाे चार अर्ब ३१ करोड रुपियाँकाे सहमति


 

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपियाँको सहमति दिएको छ ।अर्थ मन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि दुई अर्ब ९५ करोड २० लाख रुपियाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपियाँको सहमति दिएको अर्थमन्त्री विष्णु पौडेलका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।

कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागअनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?