logo
२०८० चैत्र १६ शुक्रवार



तीन दशकको नार्क जनशक्ति अभावको पीडामा

अर्थ |


तीन दशकको नार्क  जनशक्ति अभावको पीडामा


सुरेशकुमार यादव

काठमाडौँ, वैशाख २६ गते । कृषि, पशु, मत्स्य तथा कृषि औजार तथा प्रविधिमा अध्ययन अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३० वर्ष पूरा गरेको छ । २०४८ सालमा स्थापना भएको नार्कले छोटो समयमा राम्राराम्रा अनुसन्धान गरेर नाम कमाएको थियो तर पछिल्लो समय जनशक्तिको अभावमा सोचेजस्तो उपलब्धि गर्न नसकेको नार्ककै पदाधकारीहरू बताउँछन् । नार्कका सूचना अधिकारी बाबुराम पौडेलका अनुसार विगत तीन वर्षदेखि नार्कमा जनशक्ति थपिएको छैन । अवकाशप्राप्त भएर गइरहेका छन्, कोही जागिर छाडेका छन्, कोही विदेश पलायन भएका छन् तर त्यसको ठाउँमा पदपूर्ति भएको छैन ।
नार्कमा एक हजार ८४३ दरबन्दी छ । त्यसमध्ये करिब पाँच सय वैज्ञानिक तथा प्राविधिकका छन् तर अहिले ५० प्रतिशत पनि जनशक्ति छैन । अधिकारी पौडेलका अनुसार नार्कमा अहिले ४० प्रतिशत पनि वैज्ञानिक छैनन् । वैज्ञानिक नहुँदा अनुसन्धानमा निकै समस्या भएको उहाँले बताउनुभयो । वैज्ञानिकले गर्ने काम प्राविधिकले गरिरहेका छन्, वैज्ञानिकले गर्ने काम अन्य अधिकृतहरूले गरिरहेका छन्, अनि यो अवस्थामा कसरी सोचेजस्तो परिणाम आउँछ ? उहाँले नै प्रश्न गर्नुभयो ।
नयाँ संविधान आएपछि लोक सेवाले पदपूर्ति गर्ने कानुन बन्यो । त्यसअघि नार्क आफैँले पदपूर्ति गथ्र्यो । लोक सेवा आयोगको अनुसार पदपूर्ति गर्न नार्कको विनियमावली संशोधन गर्नुपर्ने हुन्छ । विनियमावली मन्त्रिपरिषद्बाट मात्र संशोधन हुने भएकाले हालसम्म त्यो हुन नसकेको नार्कले जनाएको छ ।
नार्कलाई स्वतन्त्र रूपमा काम गर्न दिए विश्वमै आफ्नो नाम स्थापित गर्नसक्ने भए पनि देशको राजनीतिले नार्कलाई गिजोलेको अवकाशप्राप्त एक वैज्ञानिकले बताउनुभयो । नार्क राजनीतिक दाउपेचबाट कहिल्यै मुक्त रहन सकेन ।
कृषि तथा पशुपन्छीमन्त्री परिवर्तन हुनेबित्तिकै नार्कमा व्यापक हेरफेर हुन्छ । त्यसरी हेरफेर भएपछि भइरहेका अनुसन्धान पनि प्रभावित हुन्छ । राजनीतिक हस्तक्षेपका कारण कतिपय वैज्ञानिकले जागिर पनि छाडेर गएका छन् । नार्कबाट विदेश पढ्न गएका थुप्रै वैज्ञानिक फर्केका छैनन् । त्यसमध्ये २२÷२३ जनालाई कारबाही भइसकेको छ । अझै केहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको छ । नार्कका देशैभर कार्यालय तथ अनुसन्धान केन्द्र छन् । जनशक्ति र बजेटको अभाव भए पनि भ्याएसम्म अध्ययन अनुसन्धानमा खटिएको नार्कले दाबी गरेको छ । नार्कबाट धेरै अनुसन्धान भए पनि ती कृषकसम्म नपुगेको गुनासो आउने गर्दछ ।
यस विषयमा अधिकारी पौडेलले नार्कको काम अनुसन्धान गर्ने र प्रतिवेदन सिफारिस सरकारलाई बुझाउने रहेको र त्यसलाई किसानसम्म पु¥याउने काम भने कृषि विभागको भएको बत(ाउनुभयो । नार्कले पछिल्लो समय माटोको गुणस्तर नाप्ने विद्युतीय नक्साको विकास गरेको छ । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरिसक्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?