logo
२०८० चैत्र १५ बिहीवार



धमाधम हकप्रद सेयर आउँदै

अर्थ |


धमाधम हकप्रद सेयर आउँदै


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २५ गते । सेयर बजारमा धमाधम हकप्रद सेयर जारी हँुदै छन् । हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवन)बाट अनुमतिको पर्खाइमा तीन कम्पनी रहेका छन् । सेवनले पाइपलाइनमा राखेका कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र छाङ्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ११ अर्ब रुपियाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले एक कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ सेयर प्रदान गर्ने जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेकोे छ ।
त्यस्तै छाङ्दी जलविद्युत् कम्पनीले आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपियाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गरेको छ ।
कम्पनीले १० कित्ता साधारण सेयर बराबर तीन कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ । सेवनले यी कम्पनीका आवेदनलाई प्रारम्भिक समीक्षा गरिरहेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैङ्कले पनि एक बराबर १.५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पर्खिरहेको छ । सेवनले कम्पनीको अवस्थालाई समीक्षा गररे कमेन्ट पठाएको जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
यसअघि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन थालिसकेको छ । कम्पनीले विद्यमान दुई कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ साधारण सेयर निष्कासन थालेको हो ।
कम्पनीले एक अर्ब चार करोड ८२ लाख ३९ हजार चार सय रुपियाँ बराबरको एक करोड चार लाख ८२ हजार ३९४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । प्रतिसेयर एक सय अङ्कित दरका रहेका छन् । हकप्रद निष्कासनको अन्तिम मिति यही वैशाख २६ गतेसम्म रहेको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?