logo
२०८१ बैशाख ६ बिहीवार



नेपाल टेलिकमको आकर्षक मूल्यको डाटा तथा भ्वाइस प्याक

अर्थ |


नेपाल टेलिकमको आकर्षक मूल्यको डाटा तथा भ्वाइस प्याक


काठमाडौं, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९) को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ ।
मंगलबार प्रेसविज्ञप्ती जारी गर्दे टेलिकमले देशैभर लागु गरिएको निषेधाज्ञाको समयमा टेलिकम कम्पनीका मोबाइल सेवा लिने ग्राहकहरुका लागि आकर्षक सुविधाहरु उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरेको हो । अफर लामो र छोटो दुबै समयमा उपयोग गर्न सकिने र उपयोगी हुने अपेक्षा  लिएको छ । कम्पनीले एक जीबी प्रतिदिन बोनस सहितको भ्वाइस प्याक लिदाँ २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी ६४९ रुपियाँमा सेवा उपलब्ध गराएको छ । यो सुविधा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।
अर्को ७ दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी ९५ रुपियाँमा सेवा उपलब्ध गराएको जनाएको छ । यो सेवा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार १ स्टार ४ ह्याज डायल गर्न सकिन्छ । त्यसै गरी दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक दुई घण्टासम्म असीमित डाटा चलाउन ३० रुपियाँमा यो सुविधा उपलब्ध गराएको छ यसका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिने जनाएको छ ।
त्यसै गरी ५०० एमबी प्रतिदिन डाटा प्याक २९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी सेवा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ९ स्टार ३ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?