logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



कोरोना बारे गुनासा तत्काल कार्यान्वयन गर्न संयन्त्र गठन

राष्ट्रिय |


कोरोना बारे गुनासा तत्काल कार्यान्वयन गर्न संयन्त्र गठन


गाेरखापत्र अनलाइन 

काठमाडौं, वैशाख १६ गते । सरकारले गरेको निषेधज्ञाको समयमा कोरोना भाइरस (कोभिड १९) बारे कुनै पनि गुनासो भए तत्काल कार्यान्वय गर्ने गरी संयन्त्र खडा गरेको माननीय उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ । भाइरस सङ्क्रमणसँग सम्बन्धित कुनै पनि समस्या तुरुन्तै समधान गर्न २४ घण्टा खुल्ला हुने गरी संयन्त्र तयार रहेको पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी तथा तत्काल उपचारको व्यवस्था, एम्वुलेन्स, अक्सिजन तथा शव व्यवस्थापनमा तत्काल सहयोग प्राप्त गर्ने भएको छ । प्राप्त गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी कोभिड १९ समस्या व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले संयन्त्र निर्माण गरेर काम अघि बडाएको पाण्डेले जानकारी दिनुभयो । यसका लागि सीसीएमसीको हटलाइनमा फोन गर्नुहोस्, तपाईंलाई २४ सै घण्टा रेस्पोन्स हुनेछ ।
शव व्यबस्थापनका लागि १०५, एम्बुलेन्सका लागि १०२ मा सिधा सम्पर्क गर्न केन्द्रले अनुरोध गरेको छ । विदेश जाने र विदेशबाट आउनेका लागि फारम भरेर सुविधा लिनुपर्ने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?