logo
२०७८ असार २ बुधवार

दैनिक अध्यावधिक

image
1681

सङ्क्रमित

image
4187

निको भएका

image
41

मृत्यु भएका

मिति:असार १, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



रूपन्देहीमा तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |


रूपन्देहीमा तीन कोरोना सङ्क्रमितको मृत्यु


छबिलाल पाण्डे
बुटवल, वैशाख १६ गते । बुटवलमा रहेको कोरोना विशेष आइसाेलेसन अस्पतालमा बिहीवार बिहान तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवलको धागो कारखानास्थित आइसोलेसन अस्पतालमा उपचार गराइरहेका बुटवलका दुईजना पुरुष र रुपन्देहीको मायाँदेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले मृत्यु हुनेमा बुटवलका ३१ र ६६ वर्षीय पुरुष र मायाँदेवी गाउँपलिकाकी ७२ वर्षीया महिला रहेका बताउनुभयो ।
उनीहरुमध्ये ३१ वर्षीय पुरुष वैशाख ८ गते र ६६ वर्षीय पुरुष वैशाख ९ गते अस्पताल भर्ना भएका थिए भने ७२ वर्षीया महिला वैशाख ११ गते अस्पताल भर्ना भएकी थिईन् ।
सूचना अधिकारी डा. गौतमका अनुसार बुटवल ११ का देवीनगरका ३१ वर्षीय पुरुषको बिहान साढे चार बजे र बुटवल १४ का ६६ वर्षीय पुरुषको बिहान तीन बजे मृत्यु भएको थियो ।
त्यस्तै मायाँदेवी गाउँपालिकाकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै रुपन्देहीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?