logo
२०७८ जेष्ठ २ आईतवार



भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण

स्वास्थ्य |


भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण


अविनाश चौधरी
धनगढी, वैशाख ९ गते । गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो । जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले जानकारी दिनुभयो । गौरीफन्टा नाकाबाट हालसम्म आएकामध्ये १० हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । सो नाकामा गरिएको परीक्षणमामात्रै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार १२ पुगेको जनाइएको छ ।
यसैगरी, बिहीबार सुदूरपश्चिमको विभिन्न जिल्लामा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?