logo
२०८० चैत्र १६ शुक्रवार



जसपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय भएकाे छैन : मन्त्री गुरूङ

मुख्य समाचार |


जसपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय  भएकाे छैन : मन्त्री गुरूङ


आशा साह

काठमाडौं, वैशाख ६  गते ।  सरकारले जनता समाजवादी पार्टी (जसपा) नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नभएको सूचना प्रविधिमन्त्री गुरुङले गोरखापत्र अनलाइनसँग भन्नुभयो ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग पूरा गर्न बनाउनुभएको कार्यदलका सदस्य राजन भट्टराईले पनि आजको बैठमा जसपाको मुद्दाबारे कुनै निर्णय नभएको बताउनुभयो ।
सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीको रिहाइ हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने संविधान संशोधन हुनुपर्ने र मधेश थारुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकार समक्ष राखको थियो ।
सोहि माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रिया अघि बढाइएको छ । तर, आजको बैठकमा त्यस्तो कुनै निर्णय नभएको मन्त्री गुरुङले बताउनुभयो ।
गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच माग सम्बोधनका विषयमा छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो ।
यसैगरी जसपाका तर्फबाट कार्यदल सदस्य लक्ष्मणलाल कर्णले पनि सरकारबाट त्यस्तो कुनै निर्णय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले मुद्दा फिर्ता लिएको भए हामीलाई खबर आउथ्यो । त्यस्तो कुनै कुरा आएको छैन । अहिले हामी छलफलमै छौं ।’
जसपाले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको थियो । जसमा विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?