logo
२०८० चैत्र १६ शुक्रवार



उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

पढ्नै पर्ने |
प्रदेश |


उपचारको क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु
सांकेतिक तस्बिर


सुजल श्रेष्ठ
प्युठान, बैशाख ६ गते । प्युठानका दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–४ गोठिवाङ र झिमरुक गाउँपालिका–४ चुधाराका दुईजना सङ्क्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो ।
स्वर्गद्धारी नगरपालिका–४ का ४८ वर्षीय गुन्टे दमाईको भैरहवामा उपचारका क्रममा गएराती मृत्यु भएको वडा अध्यक्ष सुरेन्द्र हमालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ३ गते भारतबाट आउँदै गर्दा बिरामी भएपछि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार गरिएको थियो । निको नभएपछि प्युठान जिल्ला अस्पताल हुँदै भैरहवा रिफर गरिएको थियो । मृतकको घरमा श्रीमती र छोराछोरी गरि चार जनाको परिवार छ ।
त्यसैगरी झिमरुक गाउँपालिका–४ चुँधाराका ५९ वर्षीय बलराज पोख्र्रेलको मृत्यु भएको हो । झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसीले दिएको जानकारी अनुसार पोख्रेललाई पखाला लागेको थियो । जिल्लामा निको नभएपछि परिवारले दाङ लगेका थिए । दाङमा दुई पटक कोरोना जाँच गर्दा दोस्रो पटकमा पोजेटिभ देखिएको थियो । त्यहाँबाट थप उपचारका लागि भैरहवा लगिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?