logo
२०८० चैत्र १५ बिहीवार



सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक जारी

मुख्य समाचार |


सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक जारी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ६ गते । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । बैठक अहिले बालुवाटारमा जारी छ । बैठक समसामयिक एवम् पछिल्लो राजनीतिक परिस्थति तथा सांगठनिक व्यवस्थापनमा केन्द्रित रहने नेकपा एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ ।

उहाँले अहिलेको राजनीतिक परिस्थिति एवम् घटनाक्रमका बारेमा पार्टीको आधिकारिक धारणा पनि बैठकमा आउने बताउनुभयो । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले एमालेका चार सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले पार्टीको ह्विप विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

यस विषयमा कर्णाली प्रदेशको नेकपा एमाले संसदीय दलले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्ने र पार्टीको बैठकले यसलाई अनुमोदन गर्न सक्ने रिजालले जानकारी दिनुभएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?