logo
२०८१ बैशाख १३ बिहीवार



बुधबार सुनको मूल्य बढ्याे

अर्थ |


बुधबार सुनको मूल्य बढ्याे


गाेरखापत्र अनलाइन 

काठमाडौं, चैत २५ गते । नेपाली बजारमा बुधबार सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ८८ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपियाँले वृद्धि भएको छ । महासंघका अनुसार पाँच सयले वृद्धि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपियाँ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?