logo
२०८१ बैशाख ६ बिहीवार



स्वेज नहरमा फसेको जहाज अवरोध खुल्यो

अर्थ |
अन्तर्राष्ट्रिय |


स्वेज नहरमा फसेको जहाज अवरोध खुल्यो
तस्विर-एएफपी


एजेन्सी
काठमाडौं, चैत्र १६ गते । स्वेज नहरमा विशाल जहाज फस्दा निर्मित अवरोध आंशिक खुला भएको छ । गत मंगलबारदेखि स्वेज नहरमा जहाज फस्दा यूरोप र एशियाको ब्यापार नराम्ररी प्रभाबित हुने अनुमान गरिएको छ ।
सोमबार बिहान सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा एभर गिभेन नामक जहाज नहरको तटीय भागमा आइपुगेको देखिएको बीबीसीले उल्लेख गरेको छ । एभर गिभेन तटीय भागमा पुग्दा अन्य जहाज आवतजावत गर्ने बाटो खुला भएको जनाइएको छ ।
इजिप्ट भएर बग्ने स्वेज नहर विश्वकै सबैभन्दा ब्यस्त रहने एक प्रमुख ब्यापारिक समुद्री मार्ग हो । चार सय मिटर लामो तथा दुई लाख टन भार रहेको ‘भेस्सेल’ गत् मङ्गलबार बिहान स्वेज नहर भएर यात्रा गरिरहँदा आँधी र तीब्र वायु वेगले फस्न पुगेको थियो ।
विश्व ब्यापार परिवहनको करिब १२ प्रतिशत सामग्री १९३ किलोमिटर स्वेज नहर भएर हुँदै आएको छ । स्वेज नहरले भूमध्यसागर र लालसागरलाई जोड्छ । स्वेज नहर एसिया र यूरोप जोड्ने सबैभन्दा छोटो ब्यापारिक मार्ग हो । बैकल्पिक मार्गले भने एसिया र यूरोप ओहोरदोहोर गर्न स्वेज नहरको बाटोको अपेक्षा दुई साता बढी समय लिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?