logo
२०८० चैत्र १५ बिहीवार



नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्छ: सभापति देउवा 

राष्ट्रिय |


नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्छ:  सभापति देउवा 


कृष्ण तिवारी
रौतहट, फागुन १९ गते । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस सत्यको पक्षमा मात्र लाग्ने बताउनुभएको छ । सभापति देउवाले देशको वर्तमान राजनीतिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा अब सत्यलाई मात्र साथ दिने बताउनुभएको छ ।
रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित  श्री विष्णु महायज्ञको उदघाटन गर्न आउनुभएका काँग्रेस सभापति देउवाले नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्ने बताउनुभएको हो ।
यज्ञको उदघाटन गर्नुभन्दा अघि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै देउवाले यस्तो बताउनुभएको छ । काँग्रेस आम नेपाली जनताको पक्षमा रहेको र जनताले जसलाई साथ दिन भन्छ उसैलाई नै आफूहरुले साथ दिने सभापति देउवाले बताउनुभयो । मुलुकलाई निकास दिन तथा विकास र समृद्धिको दिशामा अगाडि बढाउन काँग्रेस जुनसुकै चुनौतीलाई पनि सामना गर्न तयार रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?