logo
२०८० चैत्र १६ शुक्रवार



सुनको मूल्यमा उच्च अङ्कको गिरावट

अर्थ |


सुनको मूल्यमा उच्च अङ्कको गिरावट


काठमाडौँ, फागुन १८ गते । स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन सत्र सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?