logo
२०८० चैत्र १५ बिहीवार



काँग्रेस नेता जोशीकाे शल्यक्रिया सम्पन्न, स्वास्थ्य स्थिर

राष्ट्रिय |


काँग्रेस नेता जोशीकाे शल्यक्रिया सम्पन्न, स्वास्थ्य स्थिर


काठमाडौँ, फागुन १४ गते । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र करिब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । अस्पतालका न्यूरो सर्जन डा राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उहाँको स्वास्थ्यावस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?