logo
२०८० चैत्र १६ शुक्रवार

  मेलम्ची सुरुङ परीक्षण  



चार दिनमा पानीले तीन किलोमिटर दुरी पार गर्यो

राष्ट्रिय |


चार दिनमा पानीले तीन किलोमिटर दुरी पार गर्यो


काठमाडौँ, फागुन १३ गते । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिनुभयो । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बित्दा तीन किमी सुरुङ पार भएको जनाइएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?