logo
२०८१ बैशाख ८ शनिवार



पाइप लाइनबाट डिजेल चोरी प्रयास

अर्थ |


पाइप लाइनबाट डिजेल चोरी प्रयास



गोरखापत्र समाचारदाता

काठमाडाँै, माघ ३ गते । नेपाल आयल निगमले मोतिहारी अमलेखगञ्ज–पेट्रोलियम पाइप लाइनबाट डिजेल चोरीको प्रयास भएको तर कुनै क्षति हुन नपाएको जनाएको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमलाई कुनै क्षति नभएको र पाइप लाइनबाट नियमति आयात भइरहेको जनाएको हो ।
पाइप लाइनको भारततर्फ बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको इन्डियन आयल कर्पोरेसनको मोतिहारी कार्यालयले जनाएको निगमले विज्ञप्तिमा उल्लेख छ । घटनास्थल रक्सौल नाकादेखि करिब एक सय किलोमिटर भित्र रहेको जनाइएको छ । पाइप लाइनबाट नियमित रूपमा दुई लाख ५० हजार लिटर प्रतिघण्टाका दरले आयात भइरहेको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?