logo
२०८१ बैशाख ११ मंगलवार



तेलको मूल्य बढ्नुको कारण दिन आनाकानी

अर्थ |


तेलको मूल्य बढ्नुको कारण दिन आनाकानी


 

सीता शर्मा

काठमाडौँ, पुस १ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको निर्देशनअनुसार अझै केही उद्योगीले खाने तेलको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न आनकानी गरेका छन् । विभागले एक साताअघि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।
पछिल्लो एक÷डेढ महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएपछि विभागले उद्योगीलाई यस्तो निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत मङ्सिरसम्म घ्यू र तेल १३.०१ प्रतिशत महँगो भएको देखिएको छ ।
विभागका अनुसार विभागले नेपालमा सञ्चालित १७ वटा तेल उद्योगलाई तीन दिनभित्र मूल्य बढ्नुको कारणसहितको विवरण बुझाउन निर्देशन दिएकोमा अहिलेसम्म ११ वटा मात्रै बुझाएका छन् । यस्तै बाँकी छवटालाई यही शुक्रबारसम्म विचार गरिने विभागले जनाएको छ ।
उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनुपरेको बताउँदै आएका छन् । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागबाट तेलको विषयमा नियमित अनुगमन पनि भइरहेको र सबै विवरण आएपछि सबै मसिनो गरेर चित्त बुझ्दो नभेटिए कारबाही हुने बताउनुभयो । उहाँले विदेशबाट ल्याएर मूल्य राख्दा कतै गलत भएको छ कि भन्ने विषय झट्टै भनिहाल्न नसकिने हुँदा समय लाग्ने सक्ने र अस्वाभाविक बढाएको भए पाइए कानुनअनुसार अगाडि बढ्ने बताउनुभयो ।
विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुकलगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् ।
उद्योगीले पेस गरेका विवरणमा तेलको कच्चा पदार्थ बढेर मात्रै भनेर नपुग्ने भन्दै उहाँले भन्नुभयो, कच्चा पदार्थमा बढेको परिणाम, तेल उत्पादन लागतमा बढेको परिणाम र तेलको मूल्य मिल्नु पर्छ ।
महानिर्देशक सुवेदीले विभागले दैनिक चारवटा टोली बनाएर काठमाडौँ उपत्यकामा अनुगमनलाई निरन्तरता दिएकाले बजारमा मनोमानी गर्नेलाई हामी जुनसुकै बेला पनि कडा कारबाही गर्ने दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?