logo
२०८१ बैशाख १३ बिहीवार



निर्माण सामग्रीको मूल्य उच्च वृद्धि हुनुको कारण पेस गर्न निर्देशन

अर्थ |


निर्माण सामग्रीको मूल्य उच्च वृद्धि  हुनुको  कारण पेस गर्न निर्देशन


सीता शर्मा
काठमाडौँ, पुस २२ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डण्डी) को भाउ बढ्नुको कारण एक साताभित्र पेस गर्न डण्डी उद्योगीलाई निर्देशन दिएको छ । डण्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डण्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारणको आवश्यक कागजातसहित उपस्थिति हुन निर्देशन दिइएको हो ।
निर्माण व्यवसायीहरूले पटक पटक भाउ बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले अनुगमन गर्ने र उद्योगीसँग छलफलको आयोजना गरेको हो । विभागका अनुसार छलफलमा हामा, हिमाल, हुलास, जगदम्बा, नेपाल स्टिललगायतका सातवटा उद्योगका प्रतिनिधिको सहभागिता थियोध्र
छलफलमा सहभागी उद्योगीले डण्डीको भाउ बढ्नुको कारण नेपाली उद्योगीले गर्दा नभएर विदेशबाट आउने कच्चा पदार्थको भाउ बढेको बताएको विभागले जनाएको छ । कोभिडपछि डण्डीको भाउ नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय बजारमै बढेको देखिन्छ ।
विभागका निर्देशक एवं बजार अनुगमन दिर्नेशक सागर मिश्रले डण्डी उद्योगीसँगको छलफलपछि डण्डीको भाउ बढ्नुको कारणसहितका कागजातका प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले एक साताभित्र कारण पेस गर्न निर्देशन दिएका छौँ, कच्चा पदार्थ बढेर भनेर मात्रै हुँदैन, कच्चा पदार्थमा बढेको मूल्य र यहाँ उत्पादन गर्दा बढेको लागतको सबै रिपोर्ट मागेका छौँ, चित्त बुझ्दो हुनुपर्छध्र”
डण्डीको भाउ अन्तर्राष्ट्रिय स्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नुपथ्र्यो र कति बढ्यो भन्ने मात्रै अहिलेको खोजीको विषय भएको उहाँको भनाइ छ । निर्देशक मिश्रले पछिल्ला दुई, तीन महिनामा डण्डीको भाउ प्रतिकेजीमा ३० देखि ३५ रुपियाँसम्म बढेको पाइएकाले यसको जवाफ रिपोर्टमा आउने विश्वास व्यक्त गर्नुभयो ।
यसबीचमा उहाँहरूसँग पनि हामीले रिपोर्ट मागेका छौँ, त्यो हेर्छौं र हामीले पनि डण्डीका मण्डीको अनलाइनबाट अवलोकन गरेर वास्तविकता पत्तामा पुग्ने कोसिस गछौँ, उहाँले थप्नुभयो । उहाँले सात उद्योगीसँग मात्रै छलफल गरे पनि सबै उद्योगीसँग विवरण माग गरिने र महँगो हुनुको कारण चित्त बुझ्दो नभए कानुनअनुसार कारबाही प्रक्रियामा जाने बताउनुभयो । निर्माण व्यवसायीहरूले भने डण्डीमा महिनैपिच्छे भाउ बढेको भन्दै विरोध गर्दै आएका छन्ध्र
कोरोना महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक मात्रामा मूल्य वृद्धि गरिएको उपभोक्ताको दाबी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?