logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

अन्तर्राष्ट्रिय |


अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित
तस्विर-एपी


वासिङ्टन, पु २० गते।
अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित हुनुभएको छ । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र््याटकै बहुमत रहेकाले झिनो मतान्तरले उहाँ पुनः निर्वाचित हुनुभएको हो ।
अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाउनुभएको थियो । त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र््याई प्रति पनि उहाँले सरकारलाई सचेत गराइरहनुभएको थियो ।
उहाँले विगतमा राम्रो भूमिका खेलेकाले उहाँलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भन्नुभयो । सभामुख पेलोसी थप दुई बर्षका लागि पुनः निर्वाचित हुनुभएको हो । यो नै उहाँको अन्तिम कार्यकाल हुने संभावना रहेको छ ।
उहाँले कोरोनाका कारण जीवन गुमाएका तीन लाख ५० हजारभन्दा बढी नागरिक, रोजगारी गुमाएका व्यक्ति र समस्यामा परेका सवैका लागि आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्ने अठोट व्यक्त गर्नुभयो । सभामुखमा उहाँका विरुद्धमा म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उहाँले झिनो मतान्तरले पराजय भोग्नु परेको छ ।
औपचारिक रूपमा सार्वजनिक गरिएको नतिजा अनुसार पेलोसीले २१६ मत प्राप्त गर्दा म्याककार्थीले २०९ मत प्राप्त गर्नुभएको थियो । कोरोनाभाइरस नियन्त्रणसम्वन्धी निर्देशिकालाई पालना गर्दै निर्वाचन गरिएको थियो । उनीहरुलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र सेनिटाइजर वा सावुन पानी प्रयोग गर्न पनि लगाइएको अधिकारीहरूले जनाएका छन् ।
डेमोक्र््याटका तर्फबाटै राष्ट्रपति निर्वाचित हुनुभएका जो बाइडेनले पदबहाली गर्न १७ दिन बाँकी रहँदा पेलोसी अमेरिकी सभामुखका रूपमा पुनः निर्वाचित हुनुभएको हो । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई जनवरी २० तारिखमा सपथ ग्रहण गराउदै पद बहाली गराउने प्रचलन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप