logo
२०८१ बैशाख १३ बिहीवार



श्रमिकले अनलाइनबाट पुनः श्रम स्वीकृति नवीकरण गर्न पाउने

विदेश |
फिचर |


श्रमिकले अनलाइनबाट पुनः श्रम स्वीकृति नवीकरण गर्न पाउने


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । वैदेशिक रोजगारीमा गई पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा आउन नपर्ने भएको छ । विश्वमा रोजगारीमा रहेका नेपाली श्रमिकले अनलाइनबाटै आँफै श्रम स्वीकृति नवीकरण गर्न सकिने वैदेशिक रोजगार विभागका निर्देशक (सूचना अधिकारी) टीकामणि न्यौपानेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

रोजगारीमा गएका श्रमिकले श्रम स्वीकृति म्याद सकिएपछि नेपालमै आएर रोजगार कार्यालयबाट नवीकरण गर्नुपर्नेमा अबदेखि जुनसुकै मुलुकबाटै गर्न सकुन् भनेर यो सुविधा ल्याएको विभागको भनाइ छ ।यो अनलाइनको सुविधा एक हप्त भित्र विदेशका जुनसुकै मुलुकबाट अनलाइन सेवाबाट नवीकरण गर्न सकिने विभागका निर्देशक न्यौपानेले बताउनुभयो ।

यो सुविधाले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमै रहेका लाखौं कामदार लाभान्वित हुनसक्ने विभागको अपेक्षा छ । यो सेवा लिनको लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत् वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बीमा तिर्न सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो । यो व्यवस्थाको लागि अनलाइन सेवा कम्पनी र इन्सुरेन्स कम्पनीहरुसँग सम्झौता भइसेकेको र उनीहरुले काम गरिरहेको विभागको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?