logo
२०८० चैत्र १५ बिहीवार



जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय सङ्क्रमित

अन्तर्राष्ट्रिय |


जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय सङ्क्रमित
तस्विर-सीजीटीएन


टोकियो, मंसिर २५ गते।
जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोनाभाइरसबाट छ सयभन्दा बढी सङ्क्रमित भएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन् ।
टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन् । जापानमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ ।
“अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ ।” टोकियोका गभर्नर यूरीको कोइकेले भन्नुभयो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप