logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



ठमेलमा अझै बढेन चहलपहल, व्यवसायी चिन्तित

अर्थ |
पढ्नै पर्ने |
पर्यटन |


ठमेलमा अझै बढेन चहलपहल, व्यवसायी चिन्तित


मुकुन्द गैरे
काठमाडौं, मंसिर १९ गते । देशका अन्य पर्यटकीय क्षेत्रमा पर्यटकको केही चहलपहल बढे पनि लामो समयदेखि कोरोनाको कारण सुनसान भएको काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अझै चहलपहल बढ्न सकेको छैन् । विगत नौ महिनादेखि बन्द रहेको ठमेल क्षेत्रमा सञ्चालित व्यबसायले अहिलेसम्म गती लिन नसकेको व्यवसायीहरू बताउँछन् । ठमेल व्यबसायी दिनेश श्रेष्ठ अरु धेरै क्षेत्र खुला रहँदा रात्रिकालीन व्यवसाय खोल्न नदिँदा सबैभन्दा मारमा यो व्यवसाय परेको बताउनुहुन्छ ।

लामो समय प्रयोगमा नआउँदा धेरै व्यवसायीका सामान मक्किएर विग्रिएको अवस्था र लामो समयसम्म घरबेटीलाई भाडा तिर्न नसक्दा व्यवसायीहरू ठूलो संकटमा परेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । सरकारले आफूहरूको समस्या नबुझेको र अझै पनि सरकारले रात्रिकालीन व्यवसाय खोल्न नदिए स्वस्फूर्त रुपमा व्यवसाय खोल्न बाध्य हुने उहाँ बताउनुहुन्छ ।

सरकारले उक्त व्यवसायलाई खुला गरेर चलाउने अनुमती दिए सामाजिक दूरी र सरकारले भनेको नीति नियम निर्देशन अनुसार व्यवसाय चलाउन प्रतिबद्ध रहेको श्रेष्ठ बताउनुहुन्छ । खुला गर्न  अनुमति दिए सामान्य भाडा र कर्मचारीलाई तलब दिनेसम्मको खर्च उठे पनि व्यवसायीलाई ठूलो राहत मिल्ने उहाँ बताउनुहुन्छ ।

अहिले खुला गरे पनि धेरै मान्छे आउने अवस्था नरहेको बताउँदै उहाँले अरु सवै क्षेत्र खुला गर्दा रात्रिकालीन व्यवसाय खोल्न अनुमति नदिनु दुःखद कुरा भएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।लामो समय बन्द रहँदा यस क्षेत्रमा काम गर्ने धेरै मजदूर वेरोजगार भएर ठूलो समस्यामा भोग्नुपरेको अवस्था छ । ठमेल क्षेत्रमा रातको समयमा विदेशीले भन्दा आन्तरिक पर्यटकको बढी चहलपहल हुने गर्छ ।

सरकारले यही कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेको छ ।खासगरी काठमाडौं बाहेक पोखरा, लुम्विनी, चितवन,बन्दीपुर, नगरकोट, धुलिखेल लगायत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको व्यवसायीहरु बताउँछन् । तर काठमाडौंको ठमेल क्षेत्र भने सुनसान जस्तै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप