logo
२०८१ बैशाख ७ शुक्रवार



नियम विपरीतका नौवटा क्रसर उद्योग बन्द गर्न निर्देशन

अर्थ |


नियम विपरीतका नौवटा क्रसर उद्योग बन्द गर्न निर्देशन
अवैध रुपमा सञ्चालन पछि हाल बन्द गरिएको बन्दीपुर गाउँपालिका–६ सराङघाट स्थित नमूना ग्रिड एण्ड क्रसर उद्योग तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, मङ्सिर १४ गते । जिल्ला समन्वय समिति तनहुँले नियम विपरीत सञ्चालित नौ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । बन्दीपुर गाउँपालिकाको एक, म्याग्दे गाउँपालिकाको तीन र शुक्लागण्डकी नगरपालिकाको पाँच वटा गरी नौ वटा क्रसर उद्योगलाई बन्द गर्न सम्बन्धित पालिकालाई आइतबार पत्रचार गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा उद्देश्य विपरित सञ्चालन गर्ने तथा दर्ता नगर्ने गरेको पाईएकाले बन्द गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो । ‘नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारबाट जारी गरिएको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ तथा बेचविखनका लागि बनाईएको मापदण्ड विपरित रहेकोले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगरी उद्योग सञ्चालन गरिएकोले बन्द गर्न निर्देशन दिएका छौं’ समितिका प्रमुख शान्तिरमण वाग्लेले भन्नुभयो ।

पालिका अन्तर्गत रहेका क्रसर उद्योगलाई दर्ता, नविकरण, प्रबन्धपत्र, नियमावली, सञ्चालन अनुमतिपत्र, घरेलु कार्यालयमा दर्ता गरेको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाणपत्र तथा वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत गरेर मात्रै सञ्चालनको लागि अनुमति दिन समितिले स्थानीय तहलाई पत्रचार गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीले जानकारी दिनुभयो ।
तनहुँमा रहेका १७ वटा क्रसर उद्योग हालको नियम अनुसार सबै अवैध गरेको समितिले जनाएको छ ।

नियम अनुसार पहिला दर्ता भएका तर हाल नयाँ कानुन अनुसार अवैध भएकालाई एक वर्षभित्र स्थानान्तरण गर्न पाउने अधिकार भएकाले आठ वटा उद्योगलाई भने बन्द नगरिएको समन्वय प्रमुख वाग्लेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?