logo
२०८० चैत्र १६ शुक्रवार



कोइरालाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त   

राष्ट्रिय |


कोइरालाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त   
फाईल तस्विर


काठमाडौँ, मङ्सिर १२ गते।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त गनुभएको छ । कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।    
    
सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । कोइराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत हुनुहुन्थ्यो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?