logo
२०८० चैत्र १५ बिहीवार



एफटीटीएचमा राउटर यूपीएस सुविधा

अर्थ |


एफटीटीएचमा राउटर यूपीएस सुविधा


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा बिनाअवरोध चलाइरहन राउटर यूपीएसको सुविधा ल्याएको छ । यस्तो डिभाइसले विद्युत् नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरता दिनसक्ने टेलिकमले जनाएको छ ।
एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत् उपलब्ध भएको समयमा आफैँ चार्ज हुन्छ र विद्युत् नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।  कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडप्टर उपयुक्त हुने कम्पनीले जनाएको छ । यस्तो सानो खालको राउटर यूपीएस वा एडप्टरसमेत सहज रूपमा उपलब्ध भएको हुनाले ग्राहकले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्न टेलिकमले सुझाएको छ । कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडप्टर उपयुक्त हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?