logo
२०८० चैत्र १६ शुक्रवार



नरभक्षी चितुवा यसरी पर्यो पासोमा (भिडियो सहित)

फिचर |
पढ्नै पर्ने |


नरभक्षी चितुवा यसरी पर्यो पासोमा (भिडियो सहित)


अमरराज नहर्की
तनहुँ, मङसिर ११ गते । तनहुँको भानु नगरपालिका– २ फुस्रेटारस्थित मजुवा ओखले सामुदायिक वनमा थापिएको पासोमा चितुवा परेको छ । साही ठाउँका ७८ वर्षका हरिभक्त ढकालले बनाएको बाख्रासहित थापिएको काठले बनाइएको परम्परागत खोरमा बिहीबार बिहान बाख्रा लिन जाँदा चितुवा फेला परेको भानु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन केसीले जानकारी दिनुभयो ।
नरभक्षी चितुवाको आक्रमणले साढे दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाको मृत्यु र ६ जना बालबालिका घाइते भइसकेका छन । जसमध्ये सबैभन्दा धेरै भानु प्रभावित भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भानुमा मात्रै ६ जना बालबालिकाको नरभक्षी चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवा पासोमा परेपछि स्थानीय खुसी भएको सोही ठाउँ निवासी सञ्चारकर्मी मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
ढकालले बनाएको पासोमा ४ वटा चितुवा परी सकेको र प्रोत्साहन गर्नको गत वर्ष १० हजार नगदसहित सम्मान गरिएको भानु नगरपालिका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १८ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको डिभिजन वन कार्यालयले जनाएको छ । पासोमा १० चितुवा परिसकेका छन् । पासोबाट नियन्त्रणमा लिइएका चितुवालाई राष्ट्रिय निकुञ्जमा लगेर बुझाईएको छ ।
नरभक्षी चितुवाको विगीविगी रोक्न मद्दत पु¥याउन भान नगरपालिका क्षेत्रमा एक साताअघि ट्रापिङ क्यामरा जडान गरिएको छ । प्रभावित वडाका २२ वटा सामुदायिक वनमा ७६ वटा ट्रयापिङ क्यामेरा जडान गरिएको जिल्ला वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको पहलमा उक्त वन क्षेत्रमा क्यामेरा राखिएको हो ।
१/१ किलोमिटरको फरकमा क्यामेरा फिट गरिएको फिट गरिएकोे र क्यामेराले र त्यसले जङ्गलमा हिड्ने वन्यजन्तुहरुको दृश्य कैद गर्नेछ । आक्रमणले मान्छेहरु घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था आएपछि चितुवा र चितुवाको आहारा हुने प्रजातिको अनुसन्धान गर्न त्यस्तो ट्रयापिङ क्यामेरा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?