logo
२०८१ बैशाख ७ शुक्रवार



दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु

अर्थ |
अन्तर्राष्ट्रिय |


दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु
तस्विर-एयरलायन्स ट्राभल


दुबई, मंसिर ११ गते। युनाइटेड अरब इमिरेट्स (युएई)को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिनुभएको छ । यो उडान करिब ४ घण्टाको हुनेछ । प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहूले फ्लाइ दुबईका पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु हुने जानकारी दिनुभएको छ ।
युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकी अग्रसरतामा भएको यस्तो सम्झौता गर्ने खाडी क्षेत्रका मुलुकहरुमध्ये युएई तेस्रो हो । यसअघि सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गरेका थिए ।
फ्लाइ दुबईले दिनमा दुई वटा उडान भर्नेछ । इजरायली विमानसेवा कम्पनीहरु एल अल र इसरायर दुबैले अर्को महिनादेखि व्यापारिक व्यावसायिक उडान शुरु गर्ने अपेक्षा गरिएको छ । युएईको राजधानी अबु धाबीमा मुख्यालय रहेको एतिहाद एयरवेजले भने आगामी सन् २०२१ को मार्चदेखि तेल अभिभको सीधा उडान गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?