logo
२०८१ बैशाख ८ शनिवार



दुई विमानस्थलका लागि सत्र अर्ब सत्तरी करोडको ऋण स्वीकृत

अर्थ |
फिचर |


दुई विमानस्थलका लागि सत्र अर्ब सत्तरी करोडको ऋण स्वीकृत


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । नेपालका महŒवपूर्ण दुई विमानस्थलको क्षमता विस्तारका लागि एसियाली विकास बैङ्कले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध विमानस्थलको क्षमता विस्तारका लागि एडीबीले १५ करोड अमेरिकी डलर
(करिब १७ अर्ब ७० करोड रुपियाँ)को सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको एडीबीले जनाएको छ ।
ऋण रकमले त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था, सञ्चालन दक्षता तथा क्षमता विस्तार गर्ने योजना छ । यसअनुसार त्यहाँ ट्याक्सी मार्ग विस्तार र ह्याङ्गर एप्रोन निर्माण गरिने छ । त्यस्तै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा बन्दै गरेको गौतमबुद्ध विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गर्न खर्चिने छ । यही रकमबाटै यो विमानस्थल टर्मिनलमा स्वच्छ ऊर्जा व्यवस्थाका लागि सोलार प्यानल र ऊर्जा दक्ष उपकरणसमेत जडान हुने एडीबीले जनाएको छ । एडीबीले यो कार्यक्रमबाट कोरोना महामारी प्रभावित नेपालको पर्यटन उद्योगको उत्थान र त्यसका दीर्घकालीन प्रकृतिका असर सम्बोधनमा पनि योगदान पु¥याउने अपेक्षा
राखेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?