logo
२०८१ बैशाख १३ बिहीवार



मौरी बेचेर मनग्गे कमाउँदै कृषक गुरुङ

अर्थ |
पढ्नै पर्ने |


मौरी बेचेर मनग्गे कमाउँदै कृषक गुरुङ
मौरी पालक कृषक कष्णबहादुर गुरुङ मौरीको घारसँगै । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, कात्तिक २३ गते । तनहुँका एक कृषकले मौरी बेचर लोभलाग्दो कमाई गर्दै आउनुभएको छ । यसरी कमाई गर्नेमा व्यास नगरपालिका–९ मेवाबारीका कृष्णबहादुर गुरुङ हुनुहुन्छ । गुरुङले घारमा मौरीको सङ्ख्या बढाउने र त्यसलाई छुट्टाएर बेच्दै आउनुभएको छ ।
गत वर्ष घारको मौरी छुट्टाएर छ लाख र मह बेचेर एक लाख गरी सात लाख रुपियाँ मुनाफा आम्दानी गरेको गुरुङले जानकारी दिनुभयो । वार्षिक रुपमा १२ लाखको मौरी बेच्दै आएको र त्यसको आधा रकम खर्च हुने गरेको उहाँले बताउनु भयो । मौरी बेच्नको लागि दुई सयवटा घार पालेको र वर्षिक रुपमा १५० देखि दुईसयवटा मौरीसहितको घार बेच्दै आएको गुरुङले बताउनुभयो । एक घार मौरीको आठ हजार रुपियाँमा बेच्दै आएको गुरुङले जानकारी दिनुभयो । ‘चार वर्ष देखि मौरी व्यवसायिक रुपमा बेच्ने कार्य गरेको छु, वार्षिक ५ देखि ७ लाख रुपियाँ कमाई हुन्छ ’ कृषक गुरुङले बताउनुभयो ।
मौरी पाल्न दुःख नहुने र महको खोज्दै ग्राहक घरमै पुग्ने भएकोले परम्परागत रुपमा मुडे घारमा पाल्दै आएको सेरेना जातको स्थानीय मौरीलाई आधुनिक घारमा पालेर बेच्ने कार्यलाई व्यवसायिकता दिएको गुरुङले बताउनुभयो । पानी कम परेको बेला मौरी पालनबाट धेरै आम्दानी हुने उहाँ बताउनुहुन्छ । मौरी पालनमा गुरुङ दक्ष भएकोले कृषकलाई तालिम प्रदान गर्नको लागि बोलाउने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
केन्द्रले आइतबारबाट जिल्लाका मौरी पालन अगुवा कृषकलाई दिईएको तालिममा पनि गुरुङले प्रशिक्षण दिनु भएको केन्द्रले जनाएको छ । मह बेच्न भन्दा मौरी बेच्न धेरै फाईदा भएको गुरुङ बताउनुहुन्छ । मौरी र मह खोज्दै ग्राहक घरमा आउने क्रम बढेकाले विस्तार गरिरहेको गुरुङले जानकारी दिनुभयो । साथै गुरुङले ९ रोपनी जमिनमा मौरी पालन गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?